Incident Reports

आगो लगाएर हत्या गरेको घटनाका आरोपित गिरफ्तार – इन्सेक

2023-07-14

Lumbini, Rupandehi, Gaidahawa, Ward 5

गैडहवा गाउँपालिका–५ की  ३० वर्षीया महिलालाई पेट्रोल खन्याएर आगो लगाइ हत्या गरेको आरोपमा प्रहरीले लुम्बिनी साँस्कृतिक नगरपालिका–८ भरौलियाका २३ वर्षीय शैलेश यादवलाई असार २९ गते गिरफ्तार गरेको छ ।

आरोपितले महिलाले आफ्नो प्रेम प्रस्ताब अस्वीकार गरेको आरोपमा असार २९ गते आगो लगाएर हत्या गरेको भन्दै मृतकका  जेठाजु ५२ वर्षीय सन्तलाल चमारले असार ३० गते इलाका प्रहरी कार्यालय, लुम्बिनीमा उजुरी दिनुभयो ।

हत्या गरिएकी महिलाको सम्पूर्ण शरिर जलेको र उपचारका क्रममा मेडिकल कलेज भैरहवामा असार २९ गते नै मृत्यु भएको भैरहवा मेडिकल कजेजले जनायो ।

 घटनामा मृतककी १४ वर्षीया छोरीसमेत घाइते हुनु भएको छ । उनको दुबै खुट्टाको गोली गाठोको भाग र नलीहाडको भाग जलेको छ भने उनका नौ वर्षीय भाईको खुट्टामा समान्य चोट लागेको छ । दुबैको भैरहवा मेडिकल कलेजमा उपचार गरिएको छ ।

शवको पोष्टमार्टम असार २९ गते भीम अस्पताल भैरहवामा गरी मृतकका जेठाजु सन्तलाल चमारलाई बुझाइएको परिवारले जनायो ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, लुम्बिनीका इन्स्पेक्टर गजेन्द्र रावलले बताउनु भयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Other
Primary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Total Injured 1
Female Injured 1
Youth Injured 1
INSEC

0 Comments