Incident Reports

सात महिनादेखि चामल अभाव, डोल्पाली आन्दोलनको तयारीमा

2014-11-01

Bishnu Prasad Devkota सात महिनादेखि चामल अभाव, डोल्पाली आन्दोलनको तयारीमा डोल्पा । ०७१ कात्तिक १५ गते विकट हिमाली जिल्ला डोल्पामा चामलको अभाव भएको छ । सधैँ खाद्यन्न अभाव हुने डोल्पामा यो वर्षविगत सात महिनादेखि डोल्पाका सर्मी, काईगाउँ, कालिका,नर्कु, माझफाल,पहाडा,लिकु,त्रिपुराकोट, र जुफाललगायतका गाविसहरूमा खाद्यान्न आपूर्ति हुन नसकेपछि खाद्यान्नको अभाव भएको स्थानीयले बताएका छन् । नेपाल सरकारले कर्णालीको पाँच जिल्लामा हरेक वर्षढुवानी अनुदानमा खाद्यान्न उपलब्ध गराउँदै आएको छ । तर लामो समयदेखि खाद्यान्न नपाएका डोल्पालीहरूले यो वर्षभने दशै र तिहारमा समेत चामल पाएनन् । धान, मकै र सिमीलगायतका अन्नबाली र तरकारीसमेत घर भित्र्याउने समयमा आएको अविरल वर्षाले क्षति पुर्‍याएका कारण पनि विगतको तुलनामा यो वर्षडोल्पामा खाद्यान्नको अभाव हुने निश्चित भएको हो । नेपाल सरकारले खाद्यान्न अभाव हुने जिल्लामा समयमै यथेष्ट खाद्यान्नको मौज्दात गर्ने बताउँदै आएको भए पनि हिमाली जिल्ला डोल्पामा विगत सात महिनादेखि खाद्यान्नको अभाव हुँदासमेत खाद्यान्नको आपूर्ति गराउन सकेको छैन । नेपाल सरकारले गत आब ०७०।०७१ का २०७१ काश्रे लागि बाइसहजार पाँच सय पचास क्वीन्टल चामल छुट्टयाएको भए पनि अझै डोल्पामा आपूर्ति हुन सकेको छैन । नेपाल खाद्य संस्थान डोल्पाका शाखा प्रमुख हरिप्रसाद जोसीले पटकपटक खाद्यान्नको माग गरी पठाए पनि नेपाल खाद्य संस्थानको केन्द्रीय कार्यलयले सुनुवाइ नगरेको बताए । डोल्पामा लामो समयसम्म खाद्यान्नको अभाव भएपछि छिटो भन्दा छिटो खाद्यान्न आपूर्ति गराउन कात्तिक १२ गते बसेको जिल्लास्थित र्सवदलीय बैठकले नेपाल खाद्य संस्थान डोल्पामार्फ खाद्य संस्थान केन्द्रीय कार्यालयमा माग गरी पठाइएको नेपाली काङ्ग्रेस किसान सङ्घका केन्द्रीय सदस्य गौरीशङ्कर उपाध्यायले बताए । "यो वर्षको दशैँमा चामलको अभावमा मकै दलेर टिका लगाउनु पर्‍यो । तिहारमा भने पसलबाट तीस केजी मोटो चामललाई ३५ सय हालेर गर्जो टार्नु पर्‍यो । लोकतान्त्रिक सरकारले हाम्रो खाद्य अधिकारको उपहास गरेको छ । अब केही हप्तामा खाद्यन्न आपूर्ति नगरिए डोल्पालीहरूले कडा आन्दोलन गछौँ" नर्कुका नामबहादुर शाहीले बताए । बिष्णुप्रसाद देबकोटा

0 Comments

Related Reports
Related Trend Analysis