Incident Reports

बलात्कार प्रयासको आरोपमा उजुरी

2014-11-02

Lumbini, Banke, Narainapur

Binod Pandey बाँके । ०७१ कात्तिक १६ गते बारीमा तरकारी टिप्न गएको अवस्थामा दुईजना महिलाले आफूहरूमाथि बलात्कार प्रयास भएको भन्दै कात्तिक १६ गते इलाका प्रहरी कार्यालय भगवानपुरमा उजुरी दिएका छन् । २४ वर्षीया महिला र १३ वर्षीया बालिकालाई मटेहीया गाविस-४ का २४ वर्षीय दिनेश यादवले बारीमा तरकारी टिप्न गएको बेला बलात्कार प्रयास गरेको भन्दै पीडित इलाका प्रहरी कार्यालयमा कात्तिक १५ गते राति पुगेका थिए। घटनाको जानकारी पाएपछि घटनास्थल पुगेका प्रहरीले आरोपित यादवको भारतीय नम्बर प्लेटको युपी ३२ सी ३०६२ नम्बरको मोटरसाइकल भेट्टाएको र यादव फरार रहेको प्रहरीले जनाएको छ । पीडित महिलाले राती गाँउलेहरूको साथमा आएर इलाका प्रहरी कार्यालयलाई निवेदन दिएको इन्स्पेक्टर बसन्त शर्माले बताए । इन्स्पेक्टर शर्माले आरोपितको खोजीका लागि प्रहरी खटाएको र घटनाको अनुसन्धान भइरहेको बताए। यौन दुर्व्यवहार आरोपित गिरफ्तार एक महिना पहिले लघु उद्यमी समूह संघमा सहजकर्ताको विज्ञापन खुलेको थियो । उक्त पदमा परीक्षा दिएकी पीडितलाई जिल्ला लघु उद्यमी समूह संघका अध्यक्ष डाँगीले कात्तिक १२ गते कोठामा बोलाएर यौन दुर्व्यवहारको प्रयास गरेको पीडितले बताइन् । महिलाले आफूलाई जागिर लगाइ दिन कोठामा रकम दिन आएको र झुटो आरोप लगाएको आरोपित डाँगीले बयान दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी सुशील राठोरले बताए । सल्यानकी एक २२ वर्षीया महिलाले आफूलाई बाँके शमशेरगञ्ज स्थायी घर भई अस्थायी रुपमा नेपागञ्ज-१३ भृकुटीनगर बस्ने ३२ वर्षीय टेकबहादुर डाँगीले यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा कात्तिक १५ गते उजुरी दिएकी छन् । आरोपित डाँगीलाई सोही दिन प्रहरीले गिरफ्तार गरेको थियो । विनोद पाण्डे

0 Comments

Related Reports
Related Trend Analysis