Incident Reports

हत्या घटनाका आरोपित गिरफ्तार

2023-07-17

Gandaki, Baglung, Badigad, Ward 6

बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) अन्दाजी ४२ वर्षीय उज्वल पौडेलको हत्या आरोपमा ४५ वर्षीया आशा कुँवर र २० वर्षीय विनोद कुँवरलाई प्रहरीले साउन ९ गते गिरफ्तार गरेको छ ।

सोमबार राती बडिगाड गाउँपालिका–६ खारा स्थित आशा होटल एण्ड खाजा घरमा मृत फेला परेपछि पौडेलको हत्या आरोपमा प्रहरीले होटल सञ्चालक आशा कुँवर र विनोद कुँवरलाई गिरफ्तार गरेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक योगेन्द्र कुमार खड्काले जानकारी दिनुभयो ।

पौडेल होटलमा मृत फेला परेको भन्दै होटल सञ्चालकका छोरा विनोदले राती १२ बजे वडा अध्यक्ष विरबहादुर खत्रीलाई फोन गरेर जानकारी गराएपछि वडा अध्यक्षले प्रहरीलाई जानकारी गराएर राती २ बजे प्रहरी चौकी बुर्तिवाङको टोलि घटनास्थल पुगेको थियो ।

मृतक पौडेलको शव पोस्मार्टमका लागि धौलागिरी अस्पताल बागलुङमा ल्याइदै छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
INSEC

0 Comments

Related Reports