Incident Reports

बालिकालाई जबरजस्ती विवाह गर्न खोज्ने युवक जेल चलान l

2014-11-04

Prakash BK बझाङ । ०७१ कात्तिक १७ गते तल्कोट क्षेत्रको दाँतोला गाविस -४ की १३ वर्षीया एक बालिकालाई जबरजस्ती तानेर विवाह गर्न खोज्ने एक युवकलाई कात्तिक १४ गते एक वर्षा लागि पुर्पक्षका लागी जेल चलान गरिएको छ । बझाङ जिल्ला अदालतका न्यायधीस रमेश प्रशाद ज्ञवालीको एकल इजलासले बालिकालाई जबरजस्ती विवाह गर्ने रिलु गाविस - २ घर भएका २८ वर्षीय धनबहादुर बोहरालाई पुर्पक्षका लागि जेल चलान गर्न कात्तिक १३ गते आदेश दिएको थियो । बालिकालाई गाँउनजिकैको धुरीकाँडा जंगलमा बाख्रा चराउन गएको समयमा पनि ०७१ असोज ६ गते धनबहादुरले जवरजस्ती बिवाह गर्न खोजेका थिए । पीडित बालिकाको उजुरी असोज २२ गते जवरजस्तीकरणी उद्योगसम्बन्धी मुद्दा दर्ता भएपछि प्रहरीले धनबहादुर बोहरालाई गिरफ्तार गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनायो । अनुसन्धानपछि आवश्यक प्रमाण जुटाएर अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल विष्टले वताए । घटनालाई गाँउका दुवै पक्षले मिलाउन खोजेपनि न्याय खोज्दै बालिका र उनका दाई सदरमुकाम आएको हो । सदरमुकामबाट एक दिन टाढा रहेको दाँतोलामा यस अगाडि पनि यस्ता घटना हुने गरेका थिए । जिल्लाका विकट गाविस दाँतोला, रिलु, मष्टा, चौधारी, मौलाली, सैनपसेला, लेकगाँउ, दौलीचौर सुनिकोट, भैरनाथ, सुर्मा र बुगलक्षेत्रमा केटीको मन नपरी केटाहरूले जबरजस्ती तानेर विवाह गर्ने प्रचलन कायमै रहेको छ । यस घटनालाई गाँउलेहरू र स्थानिय राजनीतिक दलका नेताहरूले पीडित पक्षलाई १ लाखसम्म दिएर अपराधीलाई उन्मुक्ति दिन खोजेपनि पीडित पक्षले नमानी उनीहरू न्यायका लागि सदरमुकाम आई प्रहरीमा उजुरी दिएपछि आरोपितलाई एक वर्षको पुर्पक्षका लागी जेल चलान गरिएको हो । घटनाको अनुसन्धान भरहेको प्रहरीले जनाएको छ। यस्ता घटनामा कमी ल्याउन पीडकहरूमाथि सार्वजनिक मुद्दा नभएर जबरजस्ती उद्योग अन्तरगत मुद्दा दर्ता गराउनु पर्ने महिला अधिकार मञ्चकी अध्यक्ष उमा केसीले बताइन् । प्रकाश विक

0 Comments