Incident Reports

सहकारीमा फसेको रकम फिर्ता माग्दै माइतीघरमा धर्ना बसे दुई अभिनेत्री

2023-07-31

Bagmati, Kathmandu, Kathmandu

काठमाडौं । सहकारीमा फसेको रकम उठाइदिन र ठगी गर्ने सहकारीलाई कारबहीको माग गर्दै दुई पाका अभिनेत्रीहरु बसुन्धरा भुसाल र चैत्यदेवी माइतीघरमण्डलमा दशघण्टे अनशनमा बसेका छन् ।

सहकारी पीडितले ६१ दिनदेखि माइतीघरमा जारी रहेको धर्नामा नेपाली फिल्मका दुई वरिष्ठ अभिनेत्रीहरु पनि सोमबार सहभागी भएका हुन् । सोमबार राति १० बजेसम्म उनीहरुले धर्ना दिने कार्यक्रम छ ।

घरखर्च चलाउन समेत मुश्किल परेको भन्दै उनीहरुले कुरा गरिरहँदा आँखामा आँसु बगाएका थिए । अभिनेत्री चैत्यदेवीले आफूले माग्दा पनि रकम नपाएको गुनासो गरिन् ।

फसेको रकम झिक्न पहल गर्न भन्दै बसुन्धरा, चैत्यदेवी र भुवन चन्दले प्रधानमन्त्रीदेखि दलका शीर्ष नेताहरुलाई भेटिसकेका छन् । तर कहींबाट पहल नभएपछि आफूहरु धर्नामा बस्न बाध्य भएको उनीहरुले जनाएका छन् ।

चैत्यदेवी र बसुन्धराका आफन्त र परिवारको १४ जना सदस्यले जम्मा गरेको दुई करोड ६० लाख रुपैयाँ फसेको जनाइएको छ । साथै, उनीहरुको सामाजिक संस्था भुवन चैत्य बसुन्धरा फाउण्डेसनको नामबाट सिभिल सहकारीमा जम्मा गरिएको १५ लाख रुपैयाँ समेत फसेको उनीहरुको भनाइ छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 30 days
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other economic issues
Actor 1 - Number of people N/A
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth na
Actor 2 - Number of people N/A
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis