Incident Reports

खान लगाउन नदिने पति विरुद्ध प्रहरीमा उजुरी l

2014-11-04

Province 1, Morang, Jahada

Sukdev Chaudhary मोरङ । ०७१ कात्तिक १७ गते सिशवनीजहदा गाविस-६ की २२ वर्षीया फूलकुमारी मुखियालाई उनका पतिले घरायसी विवादलाई लिएर खान लगाउन नदिइ कुटपिट गरेको भन्दै कात्तिक १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । पति २५ वर्षीय अर्जुन मुखियाले घरायसी विवादलाई लिएर यही कात्तिक ११ गते खान लगाउन नदिइ कुटपिट गरेपछि न्यायको लागि प्रहरीमा उजुरी दिनु परेको पीडितले बताइन् । पीडितले दिएको उजुरी जिल्ला प्रहरी कार्यालयअर्न्तर्गत महिला तथा बालबालिका सेवा केन्द्रले घरेलु हिंसा मुद्दामा दर्ता गरेको छ । आरोपितलाई प्रहरीमा उपस्थित गर्नका लागि वडाप्रहरी कार्यालय हाटखोलालाई पत्राचार गरी सकेको अर्सइ संगिता बोगटीले जानकारी दिइन् । सुकदेब चौधरी

0 Comments

Related Reports
Related Trend Analysis