Incident Reports

कञ्चनपुरमा श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ

2023-08-05

२० साउन, धनगढी । कञ्चपुरमा एक जनाले चक्कु प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् ।

दोधारा चाँदनी नगरपालिका-७ को कञ्जभोजकी २२ वर्षीया  द्रोपती बुढा क्षेत्रीको चक्कु प्रहार गरेर उनका श्रीमान् ३४ वर्षीय प्रेमबहादुुर बुढा क्षेत्रीले हत्या गरेको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार प्रेमले चक्कु प्रहार गरी गम्भीर घाइते बनाएको अवस्थामा घरबाट उद्धार गरेर प्राथमिक स्वास्थ्य केन्द्र दोधाराचाँदनी पुर्‍याइएका थियो । तर, चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

श्रीमतीको हत्या अभियोगमा प्रेमलाई इलाका प्रहरी कार्यालय दोधाराले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments