Incident Reports

हत्यामा संलग्न व्यक्तिकाे पहिचान गरी दोषी उपर कारवाहीको माग

2023-08-04

Karnali, Rukum West, Musikot

मुसीकोट नगरपालिका – १ सल्ले निवासी ५२ वर्षीया हस्तकली बुढाथोकीको घर भित्र शव भेटिएको घटनामा संलग्न पक्षको पहिचान गरी दोषी उपर कारवाहीको माग गरेका छन् ।

आमा घरमा एक्लै बस्नु हुन्थ्यो । घर भित्र शव भेटिएको र घर बहिरबाट चुकुल लगाएकोले हत्या भएको हुन सक्ने भन्दै मृतकका छोरा शशीधर बुढाथोकीले घटनामा संलग्नको खोजी गरी दोषी उपर कारवाहीको माग गर्नु भएको हो ।
घर भित्र साउन १९ गते राती ९ः१० बजे शव भेटिएको खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नमराज भट्टराइले जानकारी दिनु भयो ।

शवको साउन २१ गते जिल्ला अस्पतालमा पोष्टमार्टम गर्ने तयारी भइरहेको छ ।
मृतकको छोराले साउन २० गते जिल्ला प्रहरी कार्यालयमा कर्तव्य ज्यान गरेको पहिचान भएमा पु:न जाहेरी दिने गरी उजुरी दिएको डिएसपी भट्टराइले बताउनु भयो ।
प्रहरी घटनास्थल जाँदा मृतकको नाक र मुखबाट रगत बगेको देखिएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।

मृतकको दुई छोरा मध्ये कान्छा छोरा जापान र जेठा छोरा नेपालगञ्जमा बस्दै आउनुभएको छ । पतिको यस अघिनै मृत्यु भइसकेको र घरमा एक्लै बस्दै आएकी थिइन ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Total Injured 00
INSEC

0 Comments

Related Reports