Incident Reports

सल्यानमा लाठी प्रहार गरी आफ्नै आमाको हत्या

2023-08-08

Karnali, Salyan, Sharada, Ward 13

सुर्खेत। सल्यानमा एक युवकले लाठी प्रहार गरी आमाको हत्या गरेका छन्। शारदा नगरपालिका -१३ माथिल्लो सल्यानचौरमा २३ वर्षका नवीन भण्डारीले ४८ वर्षीया शारदा भण्डारीको हत्या गरेका हुन् ।

मंगलवार बिहान ४ बजेको समयमा एक्कासि आमाबुवा सुत्ने कोठामा गई पैँयाको लाठीले  टाउकोमा हानेर आमाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिए ।

आरोपित छोरा घरमा आमाबुवासँग बस्दै आएका थिए । प्रहरीले नविनलाई नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक (इन्स्पेक्टर) सन्तोष खनालको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments