Incident Reports

बलात्कार गरेको आरोपमा एक किशोर गिरफ्तार

2014-11-02

Bagmati, Makawanpur, Makawanpurgadhi

Pratap Bishta बलात्कार गरेको आरोपमा एक किशोर गिरफ्तार मकवानपुर । ०७१ कात्तिक १८ गते बालिकालाई वलात्कार गरेकेा आरोपमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ । अर्का युवक भने फरार छन् । १३ वर्षीया एक बालिका बलात्कार गरेको आरोपमा सुकौरा गाविस-८ का १८ वर्षीय गणेश योन्जनलाई प्रहरीले कात्तिक १८ गते पक्राउ गरेको हो । अर्का अभियुक्त २२ वर्षीय जुक्तिन थिङ फरार भएका छन् । बालिकालाई योन्जन र थिङले कात्तिक ७ गते र १६ गते मस्याङबारीमा बलात्कार गरेका थिए । दोस्रो पटक बालिकालाई बलात्कार भएपछि बालिकाले अभिभावकलाई भनेकी थिइन् । अभिभावकले उजुरी दिएको आधारमा प्रहरीले योन्जनलाई पक्राउ गरेको प्रहरी उपरिक्षक प्रकाशजंग कार्कीले बताए । प्रताप विष्ट

0 Comments

Related Reports
Related Trend Analysis