Incident Reports

छोराको हत्या गरेको आरोपमा बाबु पक्राउ

2023-08-10

Madhes, Dhanusha, Mithila, Ward 3

जनकपुरधाम । धनुषामा छोराको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । प्रहरीले छोराको हत्या गरेको आरोपमा बिहीबार मिथिला नगरपालिका–३ हरिहरपुरका ७० वर्षीय वृद्ध महेश महतोलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटेको टोलीले महतोलाई उनलाई घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्याल्य धनुषाले जानकारी दिएको छ । २०६० मङ्सिर ४ गते १७ वर्षीय छोरा सोलिदर महतोलाई घाँटीमा गम्छा बेरेर हत्या गरेको आरोप महतोमाथि लागेको छ ।

प्रहरीका अनुसार घटनापश्चात फरार रहेका महतोलाई घर आएको बेला नियन्त्रणमा लिइएको हो । महतोमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Other
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports