Incident Reports

तरबार प्रहारबाट विराटनगरमा एक युवक घाइते 

2023-08-14

Province 1, Morang, Biratnagar

युवा समूहको झगडामा तरबार प्रहार हुँदा सोमबार विराटनगरमा एक युवक घाइते भएका छन्।

मुख्य बजार क्षेत्र ट्राफिक चोक दक्षिणमा रहेको संसारीमाइस्थानमा तरबार प्रहारबाट विराटनगर महानगरपालिका–८ का २२ वर्षीय महमद हलिम गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

उनीमाथि २ः४५ बजेतिर तरबार प्रहार भएको र प्रहार गर्नेहरू फरार भएको प्रहरीले जनाएको छ।

घाइतेको दुवै हातमा गहिरो चोट छ। उनीमाथि विराटनगर–८ का समीर हुसेनलगायतका तीन जनाले तरबार हानेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनामा संलग्नहरू फरार रहेका कारण खोजी तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय मोरङका सहायक सूचना अधिकारी प्रहरी निरीक्षक पप्पु नायकले बताए। घटनामा संलग्नहरू तरबार फालेर भागेको प्रहरीको भनाइ छ।

अहिले घाइते हलिमको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments

Related Reports