Incident Reports

वडाध्यक्षमाथि कुटपिट गर्ने ८ जना विरुद्ध जाहेरी

2023-08-11

कञ्चनपुर — भीमदत्त नगरपालिका १८ का वडाध्यक्षमाथि कुटपिट गर्ने ८ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दर्ता भएको छ । घाइते वडाध्यक्ष रविन्द्र देवकोटाकी आमा कमलाले दिएको जाहेरी आइतबार दर्ता भएको हो ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश डांगीले जाहेरी दर्ता भएको र आरोपितहरुलाई पक्राउ गरिने बताए । शनिबार दिउँसो युवा संघको जिल्ला अधिवेशनका क्रममा विवाद हुँदा असन्तुष्ट समूहले अध्यक्ष देवकोटमाथि आक्रमण गरेको थियो ।

हाल उनको धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । धनगढीबाट पनि थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको छ ।

नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा युवा फाँट इन्चार्ज महेश बस्नेतले शुक्रबार अधिवेशनको उद्घाटन गरेका थिए । उनले नै घोषणा गरेको युवासंघको कमिटीको विरोधमा अर्काे समूहले समानान्तर कमिटीसमेत गठन गरेको छ । त्यसअघि निर्वाचन कार्यतालिका तथा मतदाता नामावली टाँस्ने बेला अध्यक्ष देवकोटामाथि आक्रमण भएको हो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (large group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 8
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media , Local Newspaper - Morang

0 Comments

Related Reports