Incident Reports

बालिका बलात्कारका आरोपित पुर्पक्षको लागि थुनामा

2014-11-05

Bagmati, Bhaktapur, Suryabinayak, Ward 6

Ramila Tandukar १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धादिङ्ग तालती गाविस-४ घर भई हाल भक्तपुर कटुन्जे -६ बस्ने २८ वर्षीय पशुपति विकलाई कात्तिक १७ गते पुर्पक्षका लागि थुनामा पठाइएको छ । आरोपितले घरमा कोही नभएको बेला असोज १२ गते बालिका पढिरहेको अवस्थामा जबर्जस्ती बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय भक्तपुरमा पीडितले असोज २४ गते उजुरी दिएकी थिइन् । पीडितको काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा असोज २३ गते स्वास्थ्य परीक्षण भएको छ । बालिकाको अवस्था हाल सामान्य रहेको छ । रमिला तण्डुकार

0 Comments