Incident Reports

सामूहिक बलात्कार आरोपितविरुद्ध उजुरी

2014-11-05

Durga Pariyar १५ वर्षीया एक बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा कात्तिक १८ गते तीन जनाविरुद्ध उजुरी दिएको छ । बालिका स्कुलबाट टीफीनमा शौचालय निस्केको समयमा आरोपितत्रयले नजिकैको झाडीमा लगी कात्तिक १६ गते दिउँसो मुख थुनेर पीडितमाथि सामूहिक बलात्कार गरेको पीडित परिवारको भनाइ छ । बलात्कार आरोपितहरूमा भवानीपुर प्रध गाविस- २ का २० वर्षीय नागेश्वर पासवान, सोही ठाउँका २५ वर्षीय बिलेती पासवान र ३० वर्षीय वीरेन्द्र पासवान रहेको प्रहरीको भनाइ छ । बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा कात्तिक १६ गते भएको थियो । जिल्ला प्रहरी कार्यालय सिरहाका इन्स्पेक्टर राजकुमार शाहीका अनुसार आरोपितहरू फरार रहेकोले खोजतलास भैरहेको छ । दुर्गा परियार

0 Comments