Incident Reports

महिला बलात्कारमा संलग्नलाई १० वर्षकैद सजायको फैसला

2013-12-29

एक २५ वर्षीया एकल महिलालाई बलात्कारको ठहर गर्दै जिल्ला अदालतले कात्तिक १८ गते हेम्जा गाविस-६ का ३२ वर्षीय रामचन्द्र त्रिपाठीलाई १० वर्षकैद सजाय र १ लाख रुपियाँ क्षतिपूर्तिको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश पुरुषोत्तम ढकालको इजलासले त्रिपाठीलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै बलात्कारमा छ वर्ष हाडनाताकरणीमा चार वर्षगरी १० वर्षकैद र १ लाख रुपियाँ पीडितलाई क्षतिपूर्तिको दिलाउन फैसला गरेको श्रेस्तेदार दिनबन्धु बरालले बताए । त्रिपाठीले पुस १२ गते राति जबरजस्ती बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा पुस १४ गते किटानी जाहेरी दिएकोमा आरोपितलाई प्रहरीले सोही दिन गिरफ्तार गरी जबरजस्तीकरणी अर्न्तर्गत मुद्दामा अनुसन्धानपछि माघ ८ गते पुपक्षका लागि थुनामा पठाएको थियो । पीडितका पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा स्वास्थ्य परीक्षण गरिएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments