Incident Reports

पतिले कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी

2014-11-09

Bagmati, Lalitpur, Godawari

Ramesh Prasad Timalsina स्याङ्जा वालिङ नगरपालिका-१ माइती भइ हाल चापागाउँ-१ बस्ने वर्ष २२ की शारीरिक अपाङ्गता भएकी मनमाया श्रेष्ठलाई पटकपटक कुटपिट गरेको आरोपमा पीडितले पति २८ वर्षीयर् इश्वर सुनारविरुद्ध महानगरीय प्रहरी वृत्त चापागाउँमा कात्तिक २३ गते उजुरी दिएकी छन् । उनले इन्सेकको सहयोगमा प्रहरीमा उजुरी गरेकी हुन् । इन्सेक ललितपुर प्रतिनिधिलाई कात्तिक १९ गते श्रेष्ठले सहयोगको माग गर्दै लिखित निवेदन दिएकी थिइन् । निवेदन प्राप्त भएपछि मध्यमाञ्चल क्षेत्रीय कार्यालयका संयोजक कृष्ण गौतम, सहायक प्रलेख अधिकृत राजु पासवान र इन्सेक प्रतिनिधि सम्मिलित टोलीले कार्तिक १९ र २० गते पीडित तथा महानगरीय प्रहरी वृत्त चापागाउँकी डिएसपी दुर्गा सिंह र आरोपित सुनारसँग भेटघाट गरी छलफल गरेको थियो । छलफलका क्रममा आरोपित इश्वर सुनारले विवाह गरेको समयदेखि नै सधैँजसो कुटपिट गर्ने गरेको र छोरी जन्मेपछि घरै छाडेर वेवास्ता गरेको मनमाया श्रेष्ठले बताएकी थिइन् । उजरीपछि कात्तिक २३ गते नै महानगरीय प्रहरी वृत्त चापागाउँले उजुरीकर्ता र आरोपित दुवैलाई झिकाइ इन्सेक प्रतिनिधिसँगसमेत छलफल गरेको थियो । उजुरीकर्ताले सम्बन्धविच्छेद माग गरेकाले सम्बन्धित कार्यालयमा गई सम्बन्धविच्छेद गर्ने गरी सो अवधिसम्म कुनै वादविवाद र झैझगडा नगर्ने भन्ने कागज प्रहरीले गराएको छ । उनीहरूको विवाह ०६९ मङ्सिर १० गते भएको भए पनि पति सुनारले विवाह दर्ता गर्न इन्कार गर्दै आएको मनमाया श्रेष्ठले बताएकी छन् । उनीहरूको एक वर्षी छोरीसमेत छिन् । रमेशप्रसाद तिमल्सिना

0 Comments

Related Reports
Related Trend Analysis