Manohar Kumar Pokharel
मधुपट्टी गाविस-९ स्थित खोलाकिनारमा नाम थर, ठेगाना नखुलेको एक महिलाको हत्या गरी फालिएको अवस्थामा कात्तिक २२ गते शव फेला परेको छ ।
मधुपट्टी गाविस-९ स्थित लोकमार्गदेखि उत्तर रहेको खोलाको डिलमा करिब २२ वर्षीया महिला मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शरीरभरी घाउ चोटपटक लागेको अवस्थामा अपरिचित युवतीको लाश भेटिएकोले बलात्कारपछि हत्या गरिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
डिएसपी केदार ढकालका अनुसार लाशलाई पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
मनोहरकुमार पोखरेल