Incident Reports

पतिविरुद्ध उजुरी

2014-11-11

Province 1, Bhojpur, Ramprasad Rai

Kiran Rai भोजपुर । ०७१ कात्तिक २४ गते बैकुण्ठे गाविस-२ की २५ वर्षीया नरमाया रम्तेलले २७ वर्षीय पति महावीर रम्तेलविरुद्ध जिल्ला प्रहरी कार्यालय भोजपुरमा कात्तिक २४ गते उजुरी दर्ता गरेकी छन् । पतिले एक महिनाअघि सोही ठेगाना भएकी २१ वर्षीया रीता रम्तेलसँग हाडनाता दोस्रो विवाह गरेको र विवाहपछि धेरै पटक कुटपिट गरेकोले उजुरी उल्लेख गरेकी छन् । उजुरीमा पतिलाई कानुनी कारबाही र अंशसहित सम्बन्धविच्छेदको समेत माग राखिएको छ । आरोपित र पीडितबीच ०६८ मा विवाह भएको थियो । उनीहरूको एक छोरी रहेकी छन् । आरोपितलाई गिरफ्तार गरी घटनाको अनुसन्धान प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । किरण राई

0 Comments

Related Reports
Related Trend Analysis