Incident Reports

सामूहिक बलात्कार घटनाका आरोपित फरार : महिनामै तीन घटना

2014-11-10

Durga Pariyar सिरहा । ०७१ कात्तिक २४ गते सिरहामा जिल्लामा सामूहिक बलात्कारको घटनामा बृद्धि भएको छ । एक महिना नबित्दै तीन जना बालिकामाथि सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ भने एक बालिकामाथि सामूहिक बलात्कारको प्रयास भएको छ । यी तीनवटै सामूहिक बलात्कारका घटनामा संलग्न आरोपितलाई प्रहरीले अहिलेसम्म गिरफ्तार गर्न सकेको छैन। पाहुना आएकी एक भारतीय बालिकाको असोज २१ गते नवराजपुर गाविस- १ का २२ वर्षीय राजीव मुखिया १९ वर्षीया जितेन्द्र मुखियाले सामूहिक बलात्कार गरेका थिए । त्यसैगरी एक १६ वर्षीया बालिकालाई मझौलिया गाविस- ८ का २३ वर्षीय मन्टुन ठाकुर, सोही ठाउँका २२ वर्षीय दिलीपकुमार साह, सोही गाविस-५ का २७ वर्षीय राकेश सिहं र सोही ठाउँका २० वर्षीय अन्सारुल राइनले असोज २२ गते राति सामूहिक बलात्कार गरेका थिए । १५ वर्षीया एक बालिकालाई भवानीपुर प्रध गाविस -२ का २० वर्षीय नागेश्वर पासवान, सोही ठाउँका २५ वर्षीय विलेती पासवान र ३० वर्षीय वीरेन्द्र पासवानले सामूहिक बलात्कार गरेका थिए । यी घटनाका आरोपितहरु गिरफ्तार नहुँदै पुनः कात्तिक २२ गते एक बालिकामाथि सामूहिक बलात्कारको प्रयास भएको छ । तीनओटै सामूहिक बलात्कारका आरोपितहरूलाई प्रहरीले अहिलेसम्म गिरफ्तार गर्न सकेको छैन । त्यस्तै ०७० पुस ६ गते मुक्सार गाविस-६ का १८ वर्षीय नजामुदिन, १९ वर्षीय मनोज ठाकुर र १९ वर्षीय दाउद अलीले १५ वर्षीया एक बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा जिल्ला अदालतले ०७१ असोज २७ गते आरोपितहरूलाई जनही ११ वर्षकैद र जनही ५० हजार जरिवानाको फैसला गरेको छ । इन्सेक जिल्ला संयोजक देवराज पोखरेलका अनुसार बलात्कार तथा महिला हिंसाविरुद्ध नागरिक समाज तथा प्रहरी मिलेर सचेतना फैलाउनु पर्ने देखिन्छ । बलात्कारविरुद्ध सबै राजनीति दलहरुले प्रतिबद्ध भएर लाग्नु पर्ने हुन्छ । महिला अधिकारकर्मी देवकुमारी महराले भनिन् घटनाका आरोपितहरुलाई कानुनको दायरामा ल्याउन सकियो भने यस्ता घटनाहरुमा कमी आउँछ । सिरहाका एसपी रामकृपाल साहकाअनुसार समाजमा बढ्दो उदण्डता, यौन शिक्षाको अभाव, अशिक्षा तथा अभिभावकहरु विदेशमा भएकोले पैसाको दुरुपयोग तथा घुम्नु फिर्नुमा कुनै रोकटोक नभएकोले पनि यस्ता घटनाहरुमा बृद्धि भएको छ । समाजिक सङ्घसंस्था, राजनीति दल तथा अगुवाहरूले समाजमा यस्ता घटनाहरुविरुद्ध सचेतना फेलाउन अति आवश्यक रहेको छ । घटना भएपछि समाजमै मिलापत्र गर्न खोज्ने र कुरा नमिलेपछि मात्र प्रहरीमा आउने भएकोले सबुत प्रमाणहरु पनि लोप हुने र आरोपितहरु पनि खुला सीमानाले गर्दा भारतीय क्षेत्रमा गएर लुक्ने हुनाले गिरफ्तार गर्न कठिनाइ भएको छ । दुर्गा परियार

0 Comments

Related Reports
Related Trend Analysis