Incident Reports

कथित बोक्सीको आरोपमा कुटपिट गर्ने धरौटीमा रिहा

2014-11-11

Madhes, Siraha, Golbazar

Durga Pariyar सिरहा । ०७१ कात्तिक २५ गते कथित बोक्सीको आरोपमा कुटपिट गरेको आरोपमा प्रहरी हिरासतमा रहेका मुक्सार गाविस -६ का ३८ वर्षीय जयना यादवलाई जिल्ला अदालतले कात्तिक २५ गते सात हजार धरौटीमा रिहा गर्ने आदेश दिएको छ । जिल्ला अदालतका न्यायाधीश बिनोदकुमार पोखरेलको एकल इजलाशले सो फैसला गरेको सहायक सरकारी वकिल हेमचन्द्र रेग्मीले बताए । मुक्सार गाविस -६ कि ५५ वर्षीया रिझोदेवी यादवलाई आरोपितले उनको पत्नी बिरामी भए पछि तँ बोक्सी होस् भन्दै असोज २८ गते कुटपिट गरेको आरोपमा इलाका प्रहरी कार्यालयमा जयना यादवविरुद्ध पीडितले कात्तिक ३ गते जाहेरी दिएकी थिइन् । इलाका प्रहरी कार्यालय मिर्चैयाका इन्सपेक्टर हरि खतिवडाकाअनुसार आरोपितलाई कात्तिक ३ गते गिरफ्तार गरी आवश्यक कार्वाही प्रकृया अगाडि बढाइएको थियो । दुर्गा परियार

0 Comments

Related Reports
Related Trend Analysis