Incident Reports

पत्नी कुटपिट गर्ने पतिविरुद्ध मुद्दा दर्ता

2014-11-11

Province 1, Udayapur, Triyuga

Bharat Khadka त्रियुगा नगरपालिका-३ की १८ वर्षीया अनीता बोटले पति २१ वर्षीय सन्तोष पञ्जियारविरुद्ध कात्तिक २५ गते जिल्ला अदालतमा अंश मुद्दा दिएकी छन् । चार महिनाको गर्भवती अवस्थामा भदौ २२ गते कुटपिट गरी घर निकाला गरेको भन्दै पीडितले आरोपित बिरुद्ध अंश दावी गर्दै दुई महिनापछि मुद्दा दिएकी हुन् । खानालाउनसमेत नदिइ कुटपिट गरेर घरनिकाला गरेपछि पीडितले भदौ २४ गते जिल्ला प्रहरी कार्यालयमा पतिविरुद्ध कारबाहीको माग गर्दै निवेदन दिएकी थिइन् । घटनापछि आरोपित फरार छन् । फरार आरोपितको खोजी कार्य जारी राखेपनि हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाका इन्स्पेक्टर डिल्लीबहादुर चौहानले बताए । भरत खड्का

0 Comments

Related Reports
Related Trend Analysis