Incident Reports

बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

2014-11-06

Gandaki, Syangja, Aandhikhola

Sangeeta Bhat छ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा सेतीदोभान गाविस-१ का १९ वर्षीय शिव विकलाई कात्तिक २४ गते प्रहरीले गिरफ्तार गरी अनुसन्धान शुरु गरेको छ । बालिकालाई कात्तिक ७ गते आरोपितले खेल्न जाउँ भन्दै फकाएर नजिकैको स्कुल पछाडि लगेर बलात्कार गरेको पीडित परिवारले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ । घटनापछि बालिकाले पेट दुख्यो , टाउको दुख्यो भन्दै स्कुल जान नमानेपछि सोधपुछ गर्दा घटना सार्वजनिक भएको पीडितको परिवारले बतायो । आरोपितलाई प्रहरीले घरबाट गिरफ्तार गरी जबरजस्तीकरणीअर्न्तगत मुद्दा चलाएको इन्सपेक्टर इन्द्र सुवेदीले बताए । बालिकाको जिल्ला अस्पतालमा कात्तिक ७ गते स्वास्थ्य परीक्षण गरिएको थियो । सङ्गीता भाट

0 Comments