Incident Reports

बालिका बलात्कार घटनामा संलग्नलाई दश वर्षकैद

2014-11-11

Madhes, Siraha, Golbazar

Durga Pariyar बालिका बलात्कारका आरोपित मुक्सार गाविस- ३ का ५८ वर्षीय धनबहादुर सार्कीलाई जिल्ला अदालतले कात्तिक २४ गते १० वर्षकैदको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश बिनोदकुमार पोखरेलको एकल इजलाशले सो फैसला गरेको सहायक सरकारी वकिल हेमचन्द्र रेग्मीले बताए । रेग्मीका अनुसार आरोपितको नाममा कुनै पनि सम्पति नदेखिएकोले नेपाल सरकारबाट पीडितलाई ५० हजार क्षतिपूर्ति दिलाउने फैसला भएको छ । मुक्सार गाविस- ३ स्थित आँप बगैचामा बाख्रा चराउन गएकी एक सात वर्षीया बालिकालाई मुक्सार गाविस -३ का ५८ वर्षीय धनबहादुर सार्कीले ०७१ जेठ १७ गते बिहान ९ बजे बलात्कार गरेको आरोपमा पीडित परिवारले इलाका प्रहरी कार्यालय मिर्चैयामा जेठ १९ गते जाहेरी हालेका थिए । बालिकाको स्वास्थ्य जाँच जिल्ला अस्पतालमा जेठ १९ गते भएको थियो । इलाका प्रहरी कार्यालय मिर्चैयाले जेठ २० गते आरोपितलाई गिरफ्तार गरेको थियो भने अदालतको आदेशमा आरोपित असार १२ गतेदेखि थुनामा रहेका थिए । दुर्गा परियार

0 Comments