Incident Reports

कुटपिट गरी घरनिकाला गर्ने पतिविरुद्ध उजुरी

2014-11-13

Madhes, Saptari, Shambhunath

नकटी रायपुर गाविस-८ की २५ वर्षीया इन्द्रादेवी यादवलाई पति ३५ वर्षीय सुविलाल यादवले कुटपिट गरी घरनिकाला गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा कात्तिक २६ गते उजुरी दिएकी छन् । आरोपित पति र सासू ६० वर्षीया गङ्गीयादेवी यादवले कात्तिक २३ गते कुटपिट गरी घरनिकाला गरेकोले आवश्यक कारबाही र घाउँजाँचका लागि पीडितले उजुरी दिएको बताइन् । कुटपिटबाट घाइते पीडितको राजविराजस्थित अञ्चल अस्पतालमा उपचार भएको थियो । घरनिकालापछि तीन वर्षीया छोरीसहित सात महिनाकी गर्भवती पीडितले राजविराजस्थित सेफ हाउसमा आश्रय लिएकी छन् । आरोपितको जेठी पत्नी ३० वर्षीया बिमलादेवी यादवतर्फ शल्यक्रिया गरी दुई छोरीमात्र भएपछि घरपरिवारका सदस्यहरूले नै बिमलाकी बहिनी पीडित इन्द्रादेवीको ०६७ जेठ १९ गते भिनाजुसँग विवाह गरिदिएका थिए । मनोहरकुमार पोखरेल
National/Online Media

0 Comments