Incident Reports

भारतबाट तीन नेपाली बालबालिकाको उद्धार

2014-11-13

Bibek Dhungana भारतस्थित रहेको नेपाली दुतावासले लामो समयदेखि भारतको चण्डीगढस्थित रहेको सरकारी आश्रयस्थलमा रहेका तीन नेपाली बालबालिकाको उद्धार गरेको छ । उद्धार गरिएका बालबालिकाहरुमा प्युठान जिल्ला स्वर्गद्धारी घर भएका १२ वर्षीय वीरे नेपाली, कालिकोट जिल्ला शिवकानाका १३ वर्षीया कम्मर बाहुन र धनकुटा जिल्ला छिन्ताङदेवीकी १४ वर्षीया सङ्गीता तामाङ रहेका छन् । भारतको पंजाव हरियाणा अन्र्तगत बाल कल्याण समितिको आश्रयस्थल “स्नेहालय” ती बालबालिकाहरु रहेको जानकारी पाएपछि दुतावासका काउन्सेलर राजेन्द्रमान श्रेष्ठसहितको टोलीले उनीहरुलाई उद्धार गरेको हो । दुतावासको अनुसार दिल्लीस्थित प्रवासी नेपाली मित्र मञ्चको सहयोगीको साथमा उद्धार गरिएका बालबालिकाहरुलाई बाँके जिल्ला प्रशासन, नेपालगञ्जमा जिम्मा लगाइने सञ्चारमाध्यमले जनाएको छ । विवेक ढुङ्गाना

0 Comments