Incident Reports

इँटा भट्टामा काम लगाइदिने भन्दै काठमाण्डौं लगिँदै गरेका नौ बालबालिकाको उद्धार

2014-11-13

Lumbini, Rolpa, Rolpa

Madhav Kumar Wali इँटा भट्टामा काम लगाइदिने भन्दै काठमाण्डौं लैजान लागिएका नौ जना बालबालिकाहरुलाई जिल्ला प्रहरी कार्यालयले कात्तिक २६ गते उद्धार गरेको छ । उनीहरुलाई काठमाण्डौंको इँटा भट्टामा काम लगाइदिने भन्दै ह्वामा गाविस–८ की भुमिका पुनले लैजाँदै गरेको अवस्थामा प्रहरीले उद्धार गरेको थियो । घटनाको अनुसन्धान गरी कारवाही गर्ने डीएसपी नवीनराज राईले बताए । बालबालिका कात्तिक २५ गते घरबाट हिडेको भनी आफन्तले प्रहरीलाई जानकारी गराएपछि लिबाङभन्दा केहीमाथि मेबाङ भन्ने स्थानबाट काठमाण्डौं जाने गाडी चढ्न लागेको अवस्थामा उनीहरुलाई उद्धार गरिएको प्रहरीको जानकारी गराएको छ । धबाङ गाविस ६ का जुनमाया रोका, १६, जिविका घर्ती, १६, वर्षीया विमा बुढा, १६, रिसा बुढा, १६, मुलमाया बुढा, १७, राममाया बुढा, १६, रुपेश बुढा, १६, रविन्द्र घर्ती, १४, र ह्वामा गाविस ८ की पन्थकला बुढा, १६, लाई उद्धार गरिएको डीएसपी नवीनराज राई जानकारी दिए । उद्धार गरिएका बालबालिका कात्तिक २७ गते प्रहरीले अभिभावकलाई जिम्मा लगाएको छ । माधवकुमार ओली

0 Comments