Binod Kumar Rabidas
एक महिलाको घाँटी थिची हत्या गरेको अवस्थामा मखनाहा गाविस–४ स्थित गोविन्दपुरमा कात्तिक २७ गते दिउँसो लास फेला परेको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर गणेश बरालले बताएका छन् ।
सबैला गाविस–९ की ३५ वर्षीया समरिया देवी ठाकुरलाई कात्तिक २६ गते बलात्कारपछि हत्या गरेको आशंका रहेको इन्सपेक्टर बरालले बताए ।
घटना के कति कारणले कसले गरेको हो नखुलेको र घटनाको अनुसन्धान जारी रहेको प्रहरीले बताएका छन् ।
मृतकका २ जना छोराछोरीहरु छन् भने पतिको मृत्यु भइसकेको एक जना स्थानीयले जानकारी दिए ।
लासको पोष्टमार्टमको लागि जनकपुर अंचल अस्पतालमा राखिएको छ । घटनामा संलग्नहरुको खोजीकार्य भइरहेको इन्सपेक्टर बरालले जानकारी दिएका छन् ।
विनोद कुमार रविदास