Incident Reports

बोक्सीको आरोप लागेपछि न्याय खोज्दै सदरमुकाम

2014-11-13

Karnali, Jajarkot, Tribeni Nalagad

Dinesh Kumar Shrestha गाउँमा पटकपटक बोक्सीको आरोपमा छिमेकीले शारीरिक र मानसिक यातना दिएपछि डाँडागाउँ गाविस–७ चाउलेचौरकी ४३ वर्षीया कली विकले कात्तिक २७ गते महिला तथा बालबालिका कार्यालयमा गुनासो गरेकी छन् । बोक्सी भन्दै घरमै गएर बारम्बार कुटपिट गर्न खोजेपछि सहन नसकेर न्याय खाज्दै सदरमुकाम आएको पीडित विकले बताइन् । पीडित कली विकलाई गाउँकै टेकबहादुर विक र पत्नी लक्ष्मी विक र गोरख विकले दुईतीन वर्षदेखि बोक्सीको आरोप लगाएर बारम्बार दुव्र्यवहार गर्ने गरेको पीडित विकले बताइन् । पछिल्लो पटक एक हप्ताअगाडि विककी दिदीकी छोरी हजारी विकको करिब दुई महिनाको छोरा बिरामी परेपछि झारफुक गराउने टेकबहादुर विक र उसको परिवारले उनी बोक्सी भएको र उसले नै तिम्रो बच्चा खान खोजेको भन्ने आरोप लगाएपछि न्यायको खोजीमा सदरमुकाम आएको पीडित विकले बताइन् । दिनेश कुमार श्रेष्ठ

0 Comments

Related Reports
Related Trend Analysis