Incident Reports

बालिका बलात्कार प्रयास गरेको आरोपमा जाहेरी दर्ता

2014-11-13

Bagmati, Chitawan, Bharatpur

Sabitri Sapkota १६ वर्षीया एक बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा रत्ननगर नपा-१२ का ४५ वर्षीय विष्णुलाल विश्वकर्मा विरुद्ध कात्तिक २६ गते जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दर्ता भएको छ । आरोपितले बालिकालाई कात्तिक २३ गते गैँडाकोट महोत्सव हेर्न जाने भनी भरतपुर नपा-३ पुलचोकमा रहेको एक गेष्टहाउसमापुर्‍याई बलात्कार प्रयास गरेको बालिकाले जाहेरीमा उल्लेख गरेकी छन् । बालिकाको भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण भएको जिल्ला प्रहरी कार्यालय मुद्दा फाँटका इन्स्पेक्टर टेकबहादुर कार्कीले जानकारी दिए । आरोपितलाई उजुरी परेकै दिन गिरफ्तार गरी कानुनी प्रकृया अगाडि बढाइएको इन्स्पेक्टर कार्कीले जनाए । सावित्री सापकोटा

0 Comments