Incident Reports

बालिका बलात्कार घटनाका आरोपित थुनामा

2014-11-13

Madhes, Saptari, Rajbiraj

Manohar Kumar Pokhrel तीन वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका राजविराज नपा-३ का १९ वर्षीय कन्हैयाकुमार साहलाई जिल्ला अदालतका न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले कात्तिक २७ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । बलात्कारको आरोपमा कात्तिक १ गते राति गिरफ्तार भएका आरोपितलाई पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाउने आदेश भएको अदालतले जनाएको छ । राजविराज नपा-७ हटियास्थित माछा गल्लीमा बालिकालाई चकलेट दिई बलात्कार गर्दा बालिका चिच्याएको आवाज सुनी भेला भएका स्थानीयवासीले आरोपितलाई कुटपिट गर्दै प्रहरीको जिम्मा लगाएका थिए । पीडित बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालयमा कात्तिक २ गते किटानी उजुरी दिएकी थिइन् । पीडित बालिकाको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा कात्तिक २ गते स्वास्थ्य परीक्षण भएको थियो । मनोहरकुमार पोखरेल

0 Comments