Manohar Kumar Pokhrel
सप्तरी । ०७१ कात्तिक २८ गते
२५ वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा फरार रहेका इटहरी विष्णुपुर गाविस-४ का ३५ वर्षीय उमेश कुमार यादवलाई प्रहरीले ०७१ कात्तिक २७ गते राजविराज नपा-१ बाट गिरफ्तार गरेको छ ।
पीडितका पति घर बाहिर रहेका बेला झ्याल नभएको निर्माणाधिन घरभित्र प्रवेश गरी ०७१ भदौ २८ गते राति बलात्कार प्रयास गरेको आरोपमा फरार आरोपित उमेशलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सोही मुद्दामा फरार रहेका इटहरी विष्णुपुर गाविस-३ का ४० वर्षीय अशिषलाल यादव हालसम्म फेला परेको छैनन् ।
बलात्कार प्रयास गरेको भन्दै पीडितले आरोपितहरूविरुद्ध ०७१ भदौ २९ गते जिल्ला प्रहरी कार्यालयमा किटानी उजुरी दिएकी थिइन् । पीडितको राजविराजस्थित अञ्चल अस्पतालमा ०७१ भदौ ३० गते स्वास्थ्य परिक्षण भएको थियो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले आरोपितहरूविरुद्ध विरुद्ध ०७१ असोज १ गते जबरजस्ती करणी उद्योग मुद्दा दर्ता गरेको थियो । फरार रहेका आरोपितहरूका नाममा जिल्ला अदालतले ०७१ असोज ३१ गते म्यादी पुर्जीसहित वारेण्ट जारी गरेको थियो ।
मनोहरकुमार पोखरेल