Manohar Kumar Pokhrel
सप्तरी । ०७१ कात्तिक २८ गते
राजविराज नपा-७ की ५१ वर्षीया बिमलादेवी मेहतर र उनकी ११ वर्षीया नातिनी शितलकुमारीलाई कुटपिट गरेको आरोपमा पीडितले सौताका छोरा ३५ वर्षीय मनोजकुमार मेहतरविरुद्ध जिल्ला अदालतमा कात्तिक २७ गते मुद्दा दर्ता गरेकी छन् ।
आरोपितले घरभित्र प्रवेश गरी कात्तिक २ गते लाठी, मुडकीले कुटपिट गर्दा पीडित घाइते भएकी थिइन् । पीडितको राजविराज नपा-३ स्थित अञ्चल अस्पतालमा उपचार भएको थियो ।
पति रामप्रसाद मेहतरलाई उस्काई आफूहरूविरुद्ध मुद्दा दिन लगाएको भन्दै आरोपितसहित उनकी आमा ५२ वर्षीय रुक्मणीदेवी मेहतरले कुटपिट गरेको पीडितले उजुरीमा उल्लेख गरेकी छन् ।
मनोहरकुमार पोखरेल