Incident Reports

घरनिकाला गर्ने पति र ससुराविरुद्ध प्रहरीमा उजुरी

2014-11-16

Karnali, Jumla, Chandannath

Man Datta Rawal चन्दननाथ गाविस-१ की २७ वर्षीया जयालक्ष्मी सुनारले आफूलाई कुटपिट गरी घर निकाला गरेको आरोपमा २८ वर्षीय पति प्रेम सुनार र ४५ वर्षीय ससुरा दिनेस सुनार विरुद्ध कात्तिक ३० गते जिल्ला प्रहरी कार्यालय, महिला तथा बालबालिका सेवा केन्द्र जुम्लामा उजुरी दर्ता गराएकी छन् । पतिले प्रेम सुनारले कुटपिट गरी घरमा ताला लगाएर भागेको र ससुराले मदिरा सेवन गरी गाली गलौज गरी घरमा बस्न नदिने र अंश पनि नदिने भने पछि जीवन चलाउन गाह्रो भएर उजुरी दिन परेको पीडितले बताइन् । पतिले घरबाट निकाला गरेपछि ०७१ साउन महिनादेखि छोराछोरीसहित गज्याङ्कोट-३ स्थित माइतीघरमा बस्दै आएको पीडितले बताइन् । जयालक्ष्मीको पतिलाई खोजी गर्न प्रहरी खटाएको र ससुरालाई पनि एकदुई दिनमा गिरफ्तार गरी कारवाही प्रकृया अगाडि बढाउने जिल्ला प्रहरी कार्यालय, महिला तथा बालबालिका सेवा केन्द्रकी र्सइ सुशिला गुरुङले बताइन् । मानदत्त रावल

0 Comments

Related Reports
Related Trend Analysis