Incident Reports

वहुविवाहका आरोपित गिरफ्तार

2014-11-17

Karnali, Kalikot, Tilagufa

कालिकोट । ०७१ मङ्सिर १ गते, राचुली गाविस -२ का ३० वर्षीय पैलबहादुर शाही र मुग्रह गासिस-७ की १७ वर्षीया एक बालिकालाई जिल्ला प्रहरी कार्यालय कालीकोटले वहुविवाह गरेको आरोपमा कात्तिक ३० गते गिरफ्तार गरेको छ । घरमा दुई जना पत्नी हुँदा हुँदै तेस्रो विवाह गरेपछि पीडितका पिता कालु शाहीले कात्तिक २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडकका तीनै जना पत्नी दिदीबहिनी हुन् । पहिले जेठी छोरी विवाह गरेका थिए पछि अर्की छोरी भगाएर लगे चुप लागेर बसेँ अहिले त कान्छी छोरीसमेत लगेपछि उजुरी दिन बाध्य भएको हुँ निवेदक शाहीले बताए । आरोपित दुवैलाई गिरफ्तार गरी अनुसन्धान गरिरहेको प्रहरी प्रमुख डीएसपी लक्ष्मण गुरुङले बताए । कालीबहादुर मल्ल

0 Comments

Related Reports
Related Trend Analysis