Incident Reports

जातीय विभेद गर्ने पति, सासु ससूराविरुद्ध उजुरी

2014-11-18

Lumbini, Rolpa, Suwarnabati

०७१ मङ्सिर ३ गते, घोडागाउँ गाविस- ७ की १९ वर्षीय गायत्री विकले आफूलाई छुवाछुत गरी घर बस्न नदिएको भन्दै पति, ससूरा र सासूलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा मङ्सिर २ गते उजुरी दिएकी छन् । २१ वर्षीय पति भीमबहादुर घर्ती क्षेत्री र आफूबीच लामो समयसम्म प्रेम सम्बन्ध रहेको र पछि ०७१ असोज ९ गते विवाह गर्ने भनी घरमा जाँदा सासू गौमती घर्ती क्षेत्री र ससुरा उदीराम घर्ती क्षेत्रीले दलितकी छोरी लिएर आएको भनी पति र आफूलाई घरमा पस्न नदिएको बताइन् । सासूससुराले घरमा बस्न नदिएपछि आफूहरू र्स्वर्गद्वारीको धरमपानी स्थित एक होटेलमा ८ दिनसम्म बस्दा पैसा सकिएको र दाङ घोराहीस्थित मामा गोठी कामीको घरमा गएर बसी रहेकोमा ०७१ कात्तिक २६ गते घरबाट फोन आए पछि त्यहाँबाट पति भागेपछि आफू अलपत्र परेकोले प्रहरीमा उजुरी दिन परेको पीडित गायत्रीले बताइन् । पति घर आउनु भएको छ भनी घर जाँदा सासू ससुराले मार्ने धम्की दिएपछि आफ्नो ज्यानको सुरक्षा लागि र पति र सासूससुरालाई कारबाहीका लागि उजुरी दिएका पीडितले बताइन् । आरोपितहरूलाई तत्काल गिरफ्तार गर्न सम्बन्धित प्रहरी इकाईमा खबर गरिएको डीएसपी नवीनराज राईले बताए । माधवकुमार ओली
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Banishment/shunning
Secondary Form Threat/intimidation
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
INSEC

0 Comments