Incident Reports

बालिका बलात्कार घटनाका आरोपित पुर्पक्षका लागि थुनामा

2014-11-19

Bagmati, Sindhupalchok, Chautara Sangachok Gadhi

१५ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका बतासे गाविस-९ खालेका २८ वर्षीय दोर्जे तामाङलाई मङ्सिर २ गते जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको छ । बालिकालाई साउन १० गते दिउँसो बतासे गाविस-९ स्थित हिप्लु पाखामा स्याउला काट्न जाँदा आरोपितले बलात्कार गरेको पीडितको आरोप छ । पीडितले साउन १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेकोमा साउन १३ गते जिल्ला प्रहरी कार्यालयले मुद्दा दर्ता गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन १२ गते चौतारा अस्पतालमा भयो । आरोपितलाई मङ्सिर १ गते प्रहरीले गिरफ्तार गरेको थियो । आरोपित यसअघि फरार भएपनि जिल्ला प्रहरी कार्यालयले मुद्दाको अनुसन्धान प्रक्रिया पूरा गरी भदौ ६ गते जिल्ला अदालत पेश गरेको थियो ।

यस्तै एक घटनामा १३ वर्षीया एक बालिकालाई बलात्कार प्रयासको आरोपमा प्रहरी हिरासतमा रहेका स्याउले गाविस-८ का ४८ वर्षीय लोकबहादुर श्रेष्ठलाई मङ्सिर २ गते जिल्ला अदालत चौताराले पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको छ । आरोपितले कात्तिक १४ गते घाँस काट्न लागेको बेला बालिकालाई बलात्कार प्रयास गरेको आरोप छ । पीडित पक्षले कात्तिक १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेको थियो । पीडित बालिकाको कात्तिक १५ गते चौतारा अस्पतालमा स्वास्थ्य परीक्षण भयो । पीडित बालिकालाई कात्तिक १५ गतेदेखि चौतारास्थित महिला पुनरस्थाप्ना केन्द्रमा राखिएको छ । पीडितको उजुरी जिल्ला प्रहरी कार्यालयले कात्तिक १६ गते दर्ता गरी अनुसन्धान पूरा गरी मङ्सिर २ गते जिल्ला अदालतमा पेश गरेको थियो । नातिबावु धिताल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments