Incident Reports

युवतीको शव फेला हत्याको आशङ्का

2014-11-19

Province 1, Dhankuta, Dhankuta, Ward 1

 धनकुटा नपा-१ हिलेकी १८ वर्षीया युवती वर्षा सुवेदीको शव कुवाको पानीमा टाउको डुबेको अवस्थामा मङ्सिर ३ गते फेला परेको छ । घरनजिकैको कुवामा लुगा धुन गएकी अविवाहित गर्भअवस्थाकी ती महिला तीन घण्टासम्म पनि घर नफर्किएपछि आफन्तले खोजी गर्ने क्रममा कुवाको पानीमा टाउको डुबेर मृत्त अवस्थामा फेला पारेका थिए । घटना शङ्कास्पद रहेकाले उनको हत्या भएको हुन सक्ने प्रहरीले आशङ्का गरेको छ । सुस्तमनस्थितिको रहेकी ती महिलाको पेटमा रहेको बच्चा कस्को भन्ने हालसम्म खुल्न सकेको थिएन । गर्भवती महिला कुवामा डुबेर मृत्यु हुनु अस्वाभाविक रहेकाले कसैले हत्या गरेको हुन सक्ने आशङ्कामा घटनाको अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी प्रदीपकुमार श्रेष्ठले बताए । घटना थाहा पाएलगत्तै आफन्तले प्रहरीलाई खबर गरेपछि आजै उनको शवलाई जिल्ला अस्पतालमा पोष्टमार्टमको लागि ल्याइएको जिल्ला प्रहरी कार्यालयका सई दिनेश अधिकारीले बताए । सन्तोष रुचाल
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
INSEC

0 Comments