Incident Reports

पतिले कुटपिट गरी घरनिकाला गरेको भन्दै उजुरी

2014-11-19

Province 1, Morang, Uralabari

उर्लाबारी नपा- २ की ३० वर्षीया सीता खड्का (लिम्बु)लाई उनका पतिले विभिन्न विवाद निकालेर खान लगाउन नदिइ कुटपिट गरी घरनिकाला गरेको भन्दै पीडितले मङ्सिर ३ गते जिल्ला अदालतमा उजुरी दिएकी छन् । पति ३९ वर्षीय राजेन्द्र खड्काले विभिन्न आरोप लगाउँदै कात्तिक १ गते कुटपिट गरी घरनिकाला गरेपछि पीडित हाल जाँते गाविस- ८ स्थित माइतीघरमा बसिरहेकी छन् । मुद्दा दर्ता गरी कानुनी प्रकृया अघि बढाएको जिल्ला अदालतका श्रेस्तेदार ध्रुवकुमार ढकालले बताए । सुकदेब चौधरी

0 Comments

Related Reports
Related Trend Analysis