Incident Reports

उद्धार गरिएका बालक अभिभावकको जिम्मा

2014-11-20

Man Bahadur Chaudhary बर्दिया । ०७१ मङ्सिर ४ गते बर्दिया जिल्लाका एकल महिला समूहले भारतको दिल्लीबाट उद्धार गरिएको बालकलाई अभिभावकको जिम्मा लगाएका छन् । दाङ, ढिकपुर गाविस-२ कुटुकीका १२ वर्षीय वीरबहादुर नेपालीलाई दिल्लीको प्रयास भन्ने संस्थाको सहयोगमा उद्धार गरी ल्याइएको थियो । पत्रकार सम्मेलन गरी बालकलाई अभिभावकको जिम्मा लगाइएको हो । वीरबहादुर ०७० फागुनमा दाङमा घरबाटै हराएका थिए । बालक वीरबहादुरका अनुसार उनलाई महेन्द्रनगरबाट सुरज भन्ने एक जना नेपाली युवकले भारतको राजस्थानको एक होटलमा लगेर बेचेका थिए । उनीलगायत चारजना बालक होटलबाट भागेर रेलको खोजीमा हिँड्दा प्रयास भन्ने संस्थाले उद्धार गरेर बालगृहमा राखेको थियो । उनी सँगै प्रयास संस्थामा आठजना नेपाली रहेका थिए । उनीहरु भारतमा निक्कै दुःख झेलेर बसेको उनले बताए । प्रहरी नायव निरीक्षक लालसरी बोहोराको सहयोगमा एकल महिला समूहले हालसम्म सात जना बालकको उद्धार गरिसकेको छ । मानबहादुर चौधरी

0 Comments