Incident Reports

प्रहरीको गोली प्रहारबाट एकको मृत्यु

2014-11-22

Lumbini, Rupandehi, Gaidahawa

Amrit Giri रुपन्देही । ०७१ मंसिर ६ गते विष्णुपुरा गाविस-५ को भैंसिया गाउँमा प्रहरीको गोली प्रकारबाट मंसिर ६ गते एक जनाको मृत्यु भएको छ । भारतीय नागरीक महाराजगंज घर भएका ३० वर्षीय सरफ रोस खानको प्रहरीले गोली चलाउँदा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक राजेन्द्र ढकालका अनुसार उनी प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका थिए । गस्तीमा रहेको प्रहरीमाथि गोली प्रहार गरेर भाग्दै गरेका बेला प्रहरीले रोस खानमाथि गोली चलाएको उपरिक्षक ढकालले बताए । घटनास्थल विष्णुपुराको भैंसिहा गाउँ लुम्बिनीबाट झण्डै २० किलोमिटर उत्तरतर्फपर्छ । भारत र नेपाल दुबैतिर बस्दै आएका उनीहरू बिष्णुपुरामा रहेको थाहा पाएपछि सादा पोशाकका प्रहरीले पिछा गरेका थिए । दुईवटा मोटरसाइकलमा चारजना भाग्न लागेका बेला प्रहरीसित मुठभेड भएको थियो । यसैक्रममा प्रहरीले जवाफी फाइरिङ गर्दा खानको मृत्यु भएको प्रहरीले बतायो । नेपाल प्रहरीको निगरानीमा रहेका उनीसँग प्रहरीको लुम्बिनीदेखि सालझण्डी जाने सडक खण्डको विष्णुपुरानजिक बाटोमा जम्काभेट भएको प्रहरीको भनाइ छ । प्रहरीमाथि फायर गरेपछि जवाफी कारबाहीमा उनी मारिएको उपरिक्षक ढकालले जानकारी दिए । दुई वटा भारतीय नम्बरको मोटरसाईकलमा रहेका चार जनामध्ये सरफ खान कारबाहीमा मारिएको उनले बताए । प्रहरीले उनीसँगै रहेका अन्य तीन जनालाई भने नियन्त्रणमा लिएको छ । तीनै जनाले प्रहरीसमक्ष आत्मसमपर्ण गरेको प्रहरीको भनाइ छ । प्रहरीले धमौली गाविस­-७ का २२ वर्षीय अकलेश यादव, कपिलबस्तु जिल्लाको बिजुवा-६ का २९ वर्षीय अकिल अहमद फकिर मुसलमान र कपिलबस्तु जिल्लाकै नन्दनगर गाविस-२ का २५ वर्षीय हफी जुल्लाहलाई गिरफ्तार गरेको बताएको छ । प्रहरीले उनीहरूको साथबाट एक थान सिक्सर, दुई थान पेस्तोल र सोमा लाग्ने १५ थान गोली समेत बरामद गरेको बताएको छ । उनीहरू युपी ५५ सी, ४३४३ र युपी ५५ पी ५८६३ नम्बरको भारतीय मोटरसाईकलमा सवार रहेका थिए । प्रहरी कारबाहीमा मारिएका सरफ दुई महिना अगाडि भैरहवाका युवा आकाश गुरुङको अपहरण गरी हत्यामा सम्लग्न रहेको प्रहरीले दाबी गरेको छ । अमृत गिरी

0 Comments

Related Reports
Related Trend Analysis