Incident Reports

पत्रकारलाई मार्ने धम्की

2014-11-23

Durga Pariyar सिरहा । ०७१ मङ्सिर ७ गते साक्षी पोष्ट दैनिक पत्रिकाका सम्पादक २८ वर्षीय सन्तोष यादव र ३७ वर्षीय प्रकाशक विजय यादवलाई अज्ञात समूहले ज्यान मार्ने धम्की दिएको भनी इलाका प्रहरी कार्यालय लहानमा मङ्सिर ७ गते उजुरी दिएका छन् । सामाचारको विषयलाई लिएर मङ्सिर ६ गते साँझ ७ बजेको समयमा एनसेल कम्पनीको मोबाइल नम्बर ९८१५७२६१२१ र ९८१५७०१११६ बाट अज्ञात व्यक्तिले फोन गरी गालीगलौज र ज्यानमार्ने धम्की दिएको पीडित सन्तोष यादवले बताए । आफूले तपाइँ को हो भनेर पटक पटक सोध्दासमेत आफ्नो परिचय दिनुको साटो लगातार गालीगलौज र ज्यान मार्ने धम्की मात्रै दिएको उनले बताए । पत्रकारलाई ज्यान मार्ने धम्की दिएको विषयलाई लिएर मङ्सिर ७ गते मानवअधिकार संरक्षण केन्द्र सञ्जाल सिरहा,ओरेक नेपाल सिरहा,इन्सेकलगायतका संस्थाले पीडितको सुरक्षाका लागि आवश्यक पहल गर्न प्रशासन र प्रहरी समक्ष आग्रह गरेका छन् । दुर्गा परियार

0 Comments