Incident Reports

भारततर्फ लगिँदै गरिएकी बालिकाको उद्दार

2014-11-23

Madhes, Mahottari, Jaleswor

Ajay Kumar Sah महोत्तरी । ०७१ मङ्सिर ८ गते बेचबिखनको नियतले भिट्ठामोड नाकाबाट भारततर्फलैजाँदै गरिएकी १५ वर्षीया एक बालिकालाई प्रहरीले मङ्सिर ७ गते उद्दार गरेको छ । मलिबारास्थित सीमा चेकपोष्टका नायब निरिक्षक पृथ्वी खत्रीकाअनुुसार बालिकालाई बर्दिवास- २ का ३२ वर्षीय रियाज अन्सारीले ललाइफकाइ सीमा पारी लैजाँदै गरेको पाइएपछि उद्दार गरिएको हो । आरोपितले पीडितलाई बिहारको सुरसन्डस्थित काकाको घर पुर्‍याइदिन लगेको रियाजले बताएको प्रहरीले जनायो । आरोपितलाई हिरासतमा राखी अनुसन्धान बढाइएको प्रहरीले जनाएको छ । अजयकुमार साह

0 Comments