Incident Reports

सुरक्षाकर्मीद्वारा बेवारिसे बम निष्क्रिय

2014-11-23

Jeevan Sejuwal मुगु । ०७१ मङ्सिर ८ गते जिल्ला सदरमुकाम गमगडी स्थित जिल्ला प्रहरी कार्यालयको करिब दुई मिटरको दुरीमा मङ्सिर ४ गते बेवारिसे पाइप बम भेटिएको छ । उक्त वम स्थानीयले देखे पछि प्रहरीलाई जानकारी गराएका थिए । उक्त वम दुर्गाभञ्ज्याङ गुल्मका क्याप्टेन वीरेन्द्र पुन नेतृत्वमा नेपाली सेना र प्रहरीको संयुक्त टोलीले मङ्सिर ७ गते निष्क्रिय बनाएको प्रहरी हवल्दार रामदास सिंहले जानकारी गराए । उक्त पाइप वम द्वन्द्वकालमा माओवादीले गमगडी सदर मुकाम आक्रमण गर्ने क्रममा छोडेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । जीवन सेजुवाल

0 Comments

Related Reports
Related Trend Analysis