Incident Reports

सञ्चारकर्मी माथि आक्रमण

2014-11-24

Province 1, Sunsari, Itahari

Shekhar Dhakal सुनसरी । ०७१ मंसिर १० गते इटहरी नपा - ८ मा रहेको एरिना टेलिभिजनका स्टेशन म्यानेजर ३१ वर्षीय प्रेम अधिकारीमाथि मंसिर ८ गते राति इटहरी नपा -१ संगीत चौकमा अज्ञात समूहले आक्रमण गरेको छ । कार्यालयबाट फकँदै गर्दा राति ९ बजे करिब आठ जनाको समूहले आफूलाई आक्रमण गरेको प्रेमले बताए । 'हामीले खोजेको मान्छे यही हो नछोड अब यसलाई सिध्याएपछि अरु दुई जनालाई सिध्याउनु पर्छ' भन्दै आफूमाथि आक्रमण गर्न थालेपछि भागेर ज्यान जोगाएको प्रेमले जानकारी दिए । टेलिभिजनका प्रबन्ध निर्देशक समिर कार्कीले विज्ञप्ति जारी गर्दै स्टेशन म्यानेजर प्रेम अधिकारी माथि भएको साङ्घातिक हमला र टेलिभिजनकै कार्यक्रम निर्देशक नरेन्द्र बस्नेत र कार्यक्रम सञ्चालक मनोज भुजेलमाथि सोही समूहले तीन दिनभित्र ज्यान मार्ने धम्की दिएको भन्दै त्यस प्रति समेत निन्दा र भर्त्सना गरेको छ । घटना लगत्तै इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी बिनोद शर्मालाई फोन गरे पनि शर्माले बेवास्ता गरेको प्रेमको आरोप छ । घटनाका दोषी खोजेर कारबाहीको माग गर्दै मंसिर ९ गते इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दर्ता गरेको पीडित प्रेमले बताए । घटनाबारे अनुसन्धान भइहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । शेखर ढकाल

0 Comments