Incident Reports

बालिकालाई बलात्कारका आरोपितलाई अदालतद्वारा सफाइ

2014-11-24

Madhes, Siraha, Lahan

Durga Pariyar सिरहा । ०७१ मंसिर १० गते बालिकालाई बलात्कार गरी गर्भ बोकाएको आरोपमा थुनामा रहेका बिधानगर गाविस -६ का ३५ वर्षीय दाहुत खानलाई जिल्ला अदालतले मंसिर ८ गते सफाइ दिने फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश बिनोदकुमार पोखरेलको एकल इजलाशले सो फैसला गरेको सहायक सरकारी वकिल हेमचन्द्र रेग्मीले बताए । पीडितलाई पटक पटक बयानको लागि बोलाउँदा पनि अदालतमा उपस्थित न भएको र साक्षीहरूले बयान फेरेको कारण आरोपितलाई सफाइ दिने फैसला गरेको रेग्मीले बताए । १४ वर्षीया एक बालिकालाई आरोपितले काम गराउने बहानामा ०७० फागुन महिनामा बलात्कार गरेको र त्यसपछी सोही महिनामा आरोपितले बालिकालाई डर धम्की देखाई भारतको हरियानाको जिरतपुरमा लगी पटक पटक यौन शोषन गरी गर्भ बोकाएको आरोपमा इलाका प्रहरी कार्यालय लहानमा पीडितले मानव अपहरण तथा शरीर बन्धक मुद्दा ०७१ बैशाख १७ गते हालेकी थिइन् । इलाका प्रहरी कार्यालय लहानले आरोपितलाई वैशाख १७ गते गिरफ्तार गरेको थियो । बालिकाको स्वास्थ्य जाँच तथा उमेर परीक्षण जिल्ला अस्पतालमा बैशाख १९ गते भएको थियो । आरोपित खान जिल्ला अदालतको जेठ ११ गतेको आदेशमा पुर्पक्षका लागि थुनामा रहेका थिए । दुर्गा परियार

0 Comments

Related Reports
Related Trend Analysis