Incident Reports

सङ्घीय समाजवादी पार्टीका कार्यकर्ताद्वारा पत्रकारमाथि आक्रमण

2014-11-25

Province 1, Udayapur, Triyuga

Bharat Khadka उदयपुर । ०७१ मङ्सिर ९ गते त्रियुगा नगरपालिका-२ निवासी २६ वर्षीय पत्रकार रामप्रसाद भट्टराई (सचिन) माथि सङ्घीय समाजवादी पार्टी जिल्लास्तरीय नेताहरूले समाचार लेखेको विषयलाई लिएर मङ्सिर ९ गते आक्रमण गरेका छन् । विराटनगरबाट प्रकाशन हुने उज्यालोपत्र दैनिकमा मङ्सिर ९ गते 'अशोक राई' एक्लिँदै शीर्षकमा प्रकाशन भएको समाचारको विषयलाई लिएर राई नेतृत्वको सङ्घीय समाजवादी पार्टीका जिल्ला अध्यक्ष सिद्धान्त राई, उपाध्यक्ष घनश्याम कटुवाल, अग्रगामी विद्यार्थी युनियनका केन्द्रीय सदस्यीय सचिव केशव राई र जिल्ला अध्यक्ष एन्जिल राईले पत्रकार भट्टराईलाई अन्धाधुन्ध आक्रमण गरेका हुन् । बिहान ११ बजे पत्रिका पसलमा जाँदै गर्दा उनीहरूले आँपटार चियापसलमा बोलाएर आक्रमण गरेको पत्रकार भट्टराईले बताए । आक्रमणबाट भट्टराईको गालामा चोट लागेको छ । उनको मङ्सिर ९ गते जिल्ला अस्पतालमा घाउँजाँच गरिएको छ । आरोपितहरूविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिइएको छ । भट्टराई उज्यालोपत्र दैनिकका सम्वाददाता र बरुवा र्टाईम्स दैनिक पत्रिकाका उपसम्पादक हुन् । भरत खड्का

0 Comments