Incident Reports

बलात्कार घटनाका आरोपित थुनामा

2014-11-27

Madhes, Saptari, Mahadeva

Manohar Kumar Pokharel सप्तरी । ०७१ मङ्सिर ११ गते पचीस वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका मैनाकडेरी गाविस-८ का ३२ वर्षीय शिवराम खंगलाई अदालतले ०७१ मङ्सिर ११ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । जिल्ला न्यायाधीश नवराज दाहालको आदेशले आरोपितलाई पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाइएको स्रेस्तेदार नवराज दुलालले जानकारी दिए । पीडितलाई कात्तिक १६ गते राति बलात्कार गरेको आरोपमा प्रहरीले सोही राति आरोपितलाई गिरफ्तार गरेको थियो । नाबालक छोराछोरीसँग घरमा सुतिरहेकी पीडितलाई आरोपितले बलात्कार गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा कात्तिक १७ गते उजुरी दिएकी थिइन् । आरोपित र पीडितको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा कात्तिक १७ गते स्वास्थ्य परिक्षण भएको थियो । दुई छोराछोरीकी आमा पीडितका पति एक वर्षेखि वैदेशिक रोजगारमा छन् । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis