Incident Reports

बलात्कार घटनाका आरोपित पुर्पक्षकालागि थुनामा

2014-11-27

Bagmati, Sindhupalchok, Barhabise

Natibabu Dhital सिन्धुपाल्चोक । ०७१ मङ्सिर ११ गते १७ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका माङ्खा गाविस -१ का ५६ वर्षीय इश्वरीलाल श्रेष्ठलाई जिल्ला अदालत चौताराले मंसिर ११ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको छ । आरोपितले कात्तिक १३ गते बलात्कार गरेको आरोपमा पीडित परिवारले कात्तिक १७ गते इलाका प्रहरी कार्यालयमा बलात्कारविरुद्ध उजुरी दिएको थियो । पीडितको उजुरीका आधारमा प्रहरीले आरोपितलाई कात्तिक १७ गते गिरफ्तार गरेको थियो भने पीडितको कात्तिक १७ गते बाह्रबिसे स्वास्थ्य केन्द्रमा स्वास्थ्य जाँच भएको थियो । बलात्कारको घटनापछि स्थानीय गाउँलेहरुको रोहवरमा मिलापत्र गराउने प्रयास भएपछि इन्सेकको नेतृत्वमा घटनाको तथ्य सङ्कलन गर्न तीन सदस्य टोली घटनास्थल समेत पुगेको थियो । नातिबावु धिताल

0 Comments

Related Reports
Related Trend Analysis